
रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा भएको हत्या घटनामा अभियुक्त करार भइ फरार रहेका पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये फरारविरुद्ध रुकुम जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो।
प्रहरीले उक्त घटनामा ३४ जनाविरुद्ध मुद्दा चलाएकोमा हालसम्म् २९ जना पक्राउ परेका छन् ।
तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा फरार छन्। अदालतले बुधबार मात्र अभियुक्त २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो