१० साउन २०८३, आइतबार

एमसीसी सम्झौताकाे बुँदाबुँदा व्याख्या गर्न विवेकशीलकाे माग

एमसीसी सम्झौताकाे बुँदाबुँदा व्याख्या गर्न विवेकशीलकाे माग

विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र सरकारबीचच भएको सम्झौताका बुँदाबुँदामा व्याख्या गर्नुपर्ने माग राखेको छ।

यो विषय सत्तासिन नेकपाभित्रै पेचिलो बनिरहेका बेला विवेकशीलका उपाध्यक्ष अजीता राईले बिहीबार विज्ञप्ति जारी गरेर संसदले प्रस्ट व्याख्या गरी नेपाल र नेपालीको हितमा भए स्पष्ट आधारसहित पारित गर्नुपर्ने बताएकी हुन्।

‘एमसीसी का सन्दर्भमा सम्झौतारत दुवै पक्षको बुझाइमा एकरूपता ल्याउन संसदमा अन्तिम निर्णय हुनु अगाडि नै दुई पक्षबीच दस्ताबेजको आदानप्रदान गरेर सम्झौताका विवादास्पद बुँदाहरू २.४, ५.१, ५.३, ५.५, ६.८, ७.१, अनुसूची ५ लगायतका बुँदाहरूमा स्पस्ट आधिकारिक संस्था वा प्रतिनिधिबाट व्याख्यात्मक टिप्पणी ल्याएर मात्र दफावार छलफल चलाउन माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

संविधान बमोजिम स्पष्ट परराष्ट्र नीति र सक्षम कूटनीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउन पनि विवेकशीलले माग गरेको छ। 

 

salt training

कमेन्ट गर्नुहोस्