०६ साउन २०८३, बुधबार

ब्राजिलका अस्पतालमा कोरोना रोगी र लाश सँगै राखिएपछि मानिस स्तब्ध (भिडियो)

असार १२, २०७७
ब्राजिलका अस्पतालमा कोरोना रोगी र लाश सँगै राखिएपछि मानिस स्तब्ध (भिडियो)

कोरोनाभाइरसले ब्राजिलमा निकै तबाही मच्चाइरहँदा रियो द जेनीरोमा रहेको एक अस्पतालमा एक रोगीसँग पोका पारेर राखिएका दुई लाशको तस्वीर सार्वजनिक भएपछि मानिसहरू स्तब्ध बनेका छन् । 

दुईमध्ये एक लाश त रोगीकै छेउमा देखिन्छ भने अर्को लाशलाई पर्दाले छेकेको छ । रियो नर्सेस युनियनले यो तस्वीर खिचेको हो । 

ब्राजिलमा कोभिड–१९ का कारण ५२ हजारजनाको मृत्यु भएको छ भने एक करोड १० लाख मानिस संक्रमित छन् । 

तर व्यापक मात्रामा परीक्षण नगरिएकाले लगभग २१ करोड जनसंख्या भएको देशमा संक्रमितको संख्या अझै बढी भएको हुुन सक्ने विज्ञहरूको आशंका छ । 

ब्राजिलमा कोरोनाकै कारण १८१ जना नर्सको मृत्यु भएको अनि १५ हजारजना संक्रमित भएको बताइएको छ । 

देशमा यस्तो स्थिति हुँदा पनि राष्ट्रपति जाइर बोल्जोनारोले यसलाई सानतिनो रुघा भनेका छन् र सार्वजनिक स्थानमा मास्क पनि नलगाइकन हिँड्ने गरेका छन् । एक न्यायाधीशले बोल्जोनारोलाई मास्क लगाएर हिँड्न आदेश समेत दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्