२२ असार २०८३, सोमबार

सुशान्त सिंह राजपूतका पिता भन्छन्– मेरो छोरो विशेष थियो

असार १२, २०७७
सुशान्त सिंह राजपूतका पिता भन्छन्– मेरो छोरो विशेष थियो

आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतका पिता केके सिंहले छोरो विशेष किसिमको र आफ्नो खुट्टामा आफैं उभिएको मानिस भएको बताएका छन् । 
 

एमएस धोनी र छिछोरे जस्ता फिल्ममा स्मरणीय अभिनय गरेका राजपूत १२ दिनअघि ३४ वर्षको उमेरमा बितेका थिए । 
 

सुशान्तले टीभी र फिल्ममा जाने सोच कसरी बनाए भन्ने विषयमा उनका पिताले भने, ‘ऊ मलाई नभनी मुम्बई गएको थियो । जेठी दिदी नीतुलाई भनेर ऊ सपना साकार गर्न गयो । मैले उसलाई पढाइ सक्न भन्छु भनेर ऊ डराएको थियो । छिट्टै उसले टीभीमा काम पायो ।’
 

सुशान्त सबै कुरा योग्यताकै आधारमा हासिल गर्न चाहेको उनले बताए । ‘मेरो छोरोले सबै कुरा आफैं गरेको हो । आफू योग्यताकै आधारमा अघि बढ्ने ऊ बताउँथ्यो । अन्तिममा के भयो, म बुझ्दिनँ,’ उनले भने । 
 

सुशान्तलाई अभिनयमा कति लगाव थियो भन्ने बारेमा छोरीहरूले बताउने गरेको उनले बताए । ‘छोरीहरूले मलाई सुशान्तको सपना साकार पार्न दिन भनेका थिए । उसलाई त्यसमा लगाव थियो । ऊ इमान्दार थियो तर कहिल्यै कठोर भएन । ऊ धूर्त थिएन, आफ्नो व्यक्तित्वमा पक्का थियो ।’

आफूले सुशान्तलाई कहिले पनि दबाब नदिएको वा उसको स्वतन्त्रतामा आघात नपारेको पिताले बताए । 

आफ्नो छोरो विशेष भएको बताउँदै उनले भने, ‘हामीले निकै पूजाआजा गरेपछि ऊ जन्मेको थियो । उसले केही वर्षमै निकै धेरै उपलब्धि हासिल गरेको थियो । ऊ विशेष आत्मा थियो । जीवनकालमा मानिसले यति धेरै उपलब्धि हासिल गर्न सक्दैनन् ।’
 

सुशान्तको पोस्टमोर्टम रिपोर्टमा झुण्डिएपछि सास फेर्न नसकेर मृत्यु भएको भनी लेखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्