
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले बुधवारदेखि सार्वजनिक स्थलमा हिँड्दा गलामा एउटा नीलो कार्ड झुन्ड्याएका छन् ।
सरकारी समाचार संस्थाले बुधवार सार्वजनिक गरेको नेकपा सचिवालय बैठकमा बसेका नेताहरूले लगाएको यो कार्डको तस्वीरले धेरैको मनमा जिज्ञासा लागेको थियो ।
नाम र तस्वीर नभएको फोटो के प्रयोजनका लागि झुण्ड्याइएको होला भनेर धेरैले लख काटेका थिए । कर्पोरेट हाउसका कर्मचारीको जस्तै नेकपा नेताहरूको गलामा झुण्डिएको कार्ड रहेछ, भाइसर ब्लकर ।
नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले बाँडेका ।
बिहीवार संसदको विकास तथा प्रविधि समितिमा पनि केही सांसदहरूलाई यो कार्ड वितरण गरिएको थियो ।
भाइरस ब्लकर भनिएपनि यसले कोरोना भाइरसबाट जोगाउने कुरामा भने सन्देह छ । यो कार्ड भिरेका नेताहरूले यसमा विश्वास नलागेर मुखमा मास्क पनि लगाइरहेका छन् ।
घाँटीमा लगाएको यो कार्ड के हो भनेर राखिएको जिज्ञासामा नेकपा स्थायी कमिटी सदस्यले मुकुन्द न्यौपानेले भने, ‘यसको नाम मैले कोरोना जन्तर राखेको छु ।’