०३ असार २०८३, बुधबार

कोशीमा पानीको वहाव बढ्दै

कोशीमा पानीको वहाव बढ्दै

तराई तथा पूर्वी पहाडी क्षेत्रमा  वर्षा शुरू भएसँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम शुरू भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको बहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आज मध्याह्न १२ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रति सेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । अहिले कोशी ब्यारेकका २६ ढोका खुला गरिएको छ । 

बिहीबार बिहान  कोशी व्यारेज भएर एक लाख सात हजार  क्युसेक प्रति सेकेन्ड तथा १२ ः०० बजे एक लाख १८ हजार क्युसेक प्रति सेकेन्ड पानीको बहाव  थियो । आज बिहान ९ ः ०० बजे गरिएको मापनअनुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रति सेकेन्ड पानीको बहाव रहेको थियो ।  कोशी ब्यारेजका २४ ढोका खुला गरिएको थियो ।  

कोशीमा पानीको बहाव बढ्ने क्रम शुरू भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए।

salt training

कमेन्ट गर्नुहोस्