
असाधारण मोटोपन भएकी महिलाले नर्भिक अस्पतालमा शल्यक्रियात्मक विधिबाट स्वस्थ शिशु जन्माएकी छिन् ।
बिहीवार बिहान ११ बजे वरिष्ठ प्रसूति तथा बाँझोपन, टेस्टट्युब बेबी विशेषज्ञ र ल्यापारोस्कोपिक सर्जन डा. नुतन शर्माले असाधारण (१६८ के.जी) तौल भएकी मेरिना हमालको शल्यक्रिया गरी स्वस्थ शिशु प्रदान गरेकी हुन् ।
शारीरिक रोगका हिसावले उनमा मधुमेह, उच्च रक्तचाप, गम्भिर श्वास–प्रश्वास रोग, हाइपोथाइराडिजम् जस्ता केही पनि रोग नदेखिएको अस्पतालले जनाएको छ ।
अस्पतालले भनेको छ, ‘सामान्यतया यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु आफैंमा कठिन प्रायः मानिन्छ र सम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति नेपालमै पहिलो हुनुपर्छ ।’
हाल नवजात शिशु र आमा दुवै सामान्य अवस्थामा छन् ।
यस घटनाले एकातिर केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुनसक्दैन भनेर प्रमाणित गर्दछ भने अर्कोतर्फ जस्तोसुकै जटिलतालाई पनि प्रविधि र दक्षताले पार लगाउन सकिन्छ भन्ने पनि सिद्ध गर्ने अस्पतालले जनाएको छ ।
