०२ साउन २०८३, शनिबार

ओलीको अनुपस्थितिमा हटाइयो अध्यक्षको सोफा, सबै नेेतालाई समान कुर्सी

ओलीको अनुपस्थितिमा हटाइयो अध्यक्षको सोफा, सबै नेेतालाई समान कुर्सी

अध्यक्षद्वयलाई सोफा र अन्य पदाधिकारी तथा सदस्यलाई कुर्सीको व्यवस्था गरिएको भन्दै विरोध भएपछि नेकपा सचिवालय बैठकमा सीट व्यवस्थापनमा हेरफेर गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार शुरू भएको बैठकको मञ्चमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोफाको व्यवस्था गरिएको थियो । 

कम्युनिस्ट पार्टीको बैठकमा नेताहरूबीच फरक कुर्सीको व्यवस्था गरेर सामान्ती संस्कार देखाएको भन्दै आलोचना भएको थियो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अनुपस्थित भएको शुक्रवारको बैठकको शुरूमा प्रचण्ड सोफामै बसेका थिए भने ओलीका लागि व्यवस्था गरिएको सोफा खाली थियो । 

महासचिव विष्णु पौडेलमार्फत ओलीले आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रवार सार्वजनिक गरेका तस्वीरमा शुक्रवार साँझपख भने अध्यक्षद्वयका सोफा हटाइएका छन् । 

अध्यक्ष प्रचण्ड अन्य सदस्यसरह कुर्सीमा बसेका छन् भने ओलीका लागि निर्धारण गरिएको सिटमा पनि कुर्सी नै राखिएको छ ।

नेकपा स्थायी कमिटीको शुक्रवारको बैठकमा सीमा समस्या समाधानको विषयमा १८ जना सदस्यले बोलेका थिए । 

स्थायी कमिटीको अर्को बैठक शनिवार बिहान ११ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्