०२ साउन २०८३, शनिबार

एमालले ज्ञानेन्द्रलाई सत्तामा फर्काउन खोजेको भन्दै अड्किए माओवादी नेता

कात्तिक २०, २०७४
एमालले ज्ञानेन्द्रलाई सत्तामा फर्काउन खोजेको भन्दै अड्किए माओवादी नेता
?
काठमाडौं, १६ बैशाख – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फकाउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै नेता किराँतीले एमालेले मुलुकको निकासको लागि ल्याईएको संशोधन विद्येयकको विरोध गरेर नाटक मञ्चन गरिरहेको आरोप लगाए । उनले भने,‘वास्तवमा एमालेले निर्वाचन नै चाहेको छैन भन्ने कुराको पुष्टि भएको छ, निर्वाचन निर्वाचन भनेर बाहिर कराउने, तर भित्री रुपमा निर्वाचन एमालेले नचाहेको हो कि भन्ने प्रश्न उब्जिएको छ।’gopal
उनले एमाले नेतृत्वको रवैया नै बेठीक रहेको टिप्पणी गरे । उनले भने,‘एमालेले गणतन्त्रलाई नै समाप्त पार्न खोज्दैछ ।’ उनले एमाले अध्यक्ष ओलीले विगतमा पनि संघीयता र गणतन्त्रलाई आफूहरुले बाध्यताले स्विकार गरेको बताईसकेको उल्ल्ेख गर्दै भने,‘अहिले एमाले नेतृत्वले गणतन्त्रलाई समाप्त पार्न खोजेको त होईन ?’
उनले अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीकै भएकोले उनले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएको तर दलका नेताहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै भने,‘यस्तो क्रियाकलाप र तारतम्य हेर्दा, ज्ञानेन्द्र शाहलाई सिंहासनमा राख्ने खेल एमालेले गर्दैछ।’
उनले अघि भने,‘सके सिधै सिंहासनमा ज्ञानेन्द्र शाहलाई राख्ने, नसके चुनाव भाँड्ने, चुनाव भाँड्नपनि सकिएन भने चुनावमा राष्ट्रपति ज्ञानेन्द्रलाई बनाउने, र फेरि राजतन्त्र पूर्नस्थापित् गर्ने यो क्रियाकलापमा एमाले लागेको छ।’ उनले त्यही उद्देश्यको लागि एमालेले अहिले खोचे थाप्ने काम गरिरहेको समेत आरोप लगाए । किराँतीले एमालेको यो क्रियाकलाप प्रतिक्रान्तिकारी क्रियाकलाप भएको भन्दै भत्र्सर्ना समेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्