१३ असार २०८३, शनिबार

कोरोना महाव्याधीबीच मंगोलियामा आमनिर्वाचन, सत्तारुढ मंगोलियन पिपुल्स पार्टी विजयी

कोरोना महाव्याधीबीच मंगोलियामा आमनिर्वाचन, सत्तारुढ मंगोलियन पिपुल्स पार्टी विजयी

मंगोलियाको निर्वाचन आयोगले सत्तारुढ मंगोलियन पिपुल्स पार्टीले अत्यधिक बहुमत सहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ ।

आयोगका अनुसार मंगोलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२ स्थानमा जितेको छ । सत्तारुढ दलको यो लगातार दोस्रो जित हो ।

सत्तारुढ दलले कूल खसेको मतको झण्डै आधा मत प्राप्त गरेको थियो । मंगोलियन पिपुल्स पार्टीले कोरोनाभाइरस महामारीकै बीचमा पनि गाउँगाउँमा व्यापक चुनाव प्रचार गरेको थियो ।

बुधबार सम्पन्न उक्त निर्वाचनमा मंगोलियाका करिब २० लाख मतदातामध्ये दुई तिहाईले मतदानमा भाग लिएका थिए । छिमेकी मुलुक चीनमा कोरोनाभाइरस देखिएलगत्तै मंगोलियाले गत जनवरीमै चीनसँगको सीमा बन्द गरेको थियो ।

जनसंख्या सानो भएपनि व्यापक फैलिएको बस्तीभित्र कोरोनाभाइरसको प्रसार हुन नपाएको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।

तैपनि मंगोलियामा २१९ जनामा कोरोना संक्रमण देखिएको थियो, र यो सबै विदेशबाट आएका व्यक्तिमा देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्