०२ असार २०८३, मंगलबार

हिजो दिनभर : '३ पटक ताकेता गर्दा पनि वार्ताका लागि तयार भएन भारत', कूटनीतिक पहल तीब्र बनाउन सुझाव

हिजो दिनभर : '३ पटक ताकेता गर्दा पनि वार्ताका लागि तयार भएन भारत', कूटनीतिक पहल तीब्र बनाउन सुझाव

नेकपालाई परराष्ट्रमन्त्रीको ब्रिफिङ– पटक ताकेता गर्दा पनि वार्ताका लागि तयार भएन भारत

भारतसँगको सीमा समस्या समाधानबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा सचिवालय बैठकलाई ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवालय बैठकमा मन्त्री ज्ञवालीले गत नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न समस्या समाधानका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराएका हुन् ।

मन्त्री ज्ञवालीले भारतसँग नोभेम्बर, डिसेम्बर र जनवरीमा वार्ताका लागि पहल गरेपनि भारतले चासो नदेखाएको बैठकलाई जानकारी गराएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

भारतले नयाँ नक्सा प्रकाशित गरेलगत्तै कूटनीतिक नोट पठाएर विरोध जनाएको मन्त्री ज्ञवालीले बताए ।

बैठकमा सदस्यहरूले कालापानी लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेकोमा समर्थन जनाएका थिए ।

शुक्रवारको बैठकमा बोल्ने लीलामणि पोखरेल, बेदुराम भुसाल, मातृका यादव र पम्फा भुसाललगायत सदस्यहरूले नयाँ नक्सामा समेटिएको नेपाली भूमिमा भोगचलन गर्नका लागि सरकारले कूटनीतिक पहललाई तीब्र बनाउनु पर्ने बताएका थिए ।

नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण,कुल संख्या ११ हजार ७५५ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

कुल संक्रमितमध्ये २ हजार ६ सय ९८ जना निको भएर घर फर्किएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मृतकको संख्या भने २७ पुगेको छ ।

दाङमा अस्पतालनजिकै मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि,पहिचान खुल्न बाँकी

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमण भएका मृतकको संख्या २७ पुगेको छ ।

पछिल्लोपटक एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी दिएको छ ।

अन्दाजी २५/३० वर्षीय महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत अवस्थामा भेला परेको र अस्पतालमा लैजाँदा मृत रहेको पुष्टि भएको थियो ।

मृतकको स्वाब संकलन गरी जाँच गर्दा असार १२ गते नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उनको अहिलेसम्म पहिचान नखुलेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या भने ११ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

कुल संक्रमितमध्ये २ हजार ६ सय ९८ जना निको भएर घर फर्किएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

करोड नाघ्यो नेपालको जनसंख्या

नेपालको जनसंख्या ३ करोड नाघेको छ ।

केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा नेपालको आजको जनसंख्या ३ करोड ६ सय ३४ देखाइएको छ ।

विभागको स्वचालित सिस्टमअनुसार गएराति १२ बजेबाट जनसंख्या ३ करोड नाघेको तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिए ।

जनसंख्या वृद्धिदर, मृत्युदर, नेट माइग्रेसन (समग्र बसाइसराइ) आदि तथ्यहरूका आधारमा स्वचालित सिस्टमबाट दैनिक जनसंख्या क्याल्कुलेसन हुने गरेको सूचना अधिकारी चौलागाईंले बताए ।

विश्वभर नै यही पद्धतिका आधारमा दैनिक जनसंख्या क्याल्कुलेसन हुने गरेको छ ।

वास्तविक गणना भने १०/१० वर्षमा हुने गर्छ । नेपालको आगामी जनगणना २०७८ सालमा हुनेछ ।

हालसम्मको ट्रेन्ड हेर्दा स्वचालित सिस्टमबाट गरिएको हिसाब वास्तविक जनगणनासँग लगभग मिल्ने गरेको उनले बताए ।

मापदण्ड विपरित चल्ने सिमेन्ट उद्योगको इजाजत रद्द,अन्यलाई पनि विभागको कारबाही

सरकारले गुणस्तर मापदण्डविपरित चलाएका २ सिमेन्ट कम्पनीको इजाजत रद्द गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बारा र पर्सामा रहेका २ उद्योगको इजाजत रद्द गरेको हो ।

इजाजत रद्द गरिने कम्पनीहरूमा पीएससी सिमेन्ट उत्पादन गर्ने रिलायन्स सुपरटेक सिमेन्ट प्रालि, बारा, र ओपीसी सिमेन्ट उत्पादन गर्ने इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा रहेका छन् ।

इजाजत पत्र स्थगन गरिएको अवस्थामा बिक्री वितरण गरेको पाइएकाले उनीहरूको इजाजत रद्द गरिएको विभागले जनाएको छ ।

यस्तै एलपीजी सिलिन्डर सम्बन्धि नेपाल गुणस्तर चिन्ह ५ सय ३३ अनुरुप नभएको भन्दै काठमाडौंको एभरेष्ट ग्यास उद्योग प्रालिको प्रमाणपत्र स्थगन गरिएको छ ।

विभागका अनुसार, मापदण्डअनुसारको गुणस्तर नपाइएको भन्दै अग्नी सिमेन्ट प्रालिलाई स्पस्टिकरण सोधिएको छ ।

विभागले सवोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमल रोलिंग मिल्स प्रालि मोरङलाई पनि मापदण्डअनुसारको गुणस्तर कायम नगरेको भन्दै स्पस्टिकरण सोधेको छ ।

ओलीलाई बैठकमा बोलेको सुन्ने व्यवस्था,आवश्यक परे बैठकमा आउन सक्ने!

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिका बाबजुद नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बालुवाटारमा बिहान साढे ११ बजे शुरू भएको बैठकमा दिउँसो साढे २ बजेसम्म ११ जना नेताले आफ्नो धारणा राखिसकेका छन् ।

बैठकको शुरूमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली अर्को मिटिङमा व्यस्त भएकाले आउन नसकेको जानकारी गराउँदै बैठकमा भएको छलफल सुन्ने व्यवस्था भएको बताएका थिए ।

बैठकबाट केहीबेरका लागि बाहिर निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री अर्को बैठकमा व्यस्त भएकाले आवश्यकता पर्दा बैठकमा उपस्थित हुने बताए ।

‘उहाँ बालुवाटारमै हुनुहुन्छ, आवश्यक पर्दा उपस्थित हुनुहुन्छ,’ भट्टराईले भने ।

शुक्रवारको बैठकमा लीलामणि पोखरेल, पम्फा भुसाल, मातृका यादव लगायत ११ जनाले बोलिसकेका छन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा विवाद समाधानका लागि भइरहेका प्रयासबारे जानकारी गराएका छन् ।

नेताहरूले भारतसँग छिटोभन्दा छिटो वार्ता गरेर अतिक्रमित नेपाली भूमिमा नेपालको उपस्थिति कायम गराउन माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्