
पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। झण्डै २६ रुपैयाँ बृद्धि भएको पाइएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाकिस्तानी रुपैयाँ र दश पैसा पुगेको छ। यसअघि त्यसको मूल्य ७४.५२ पाकिस्तानी रुपैया रहेको थियो ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिका आधारमा पाकिस्तानमा पनि बृद्धि गरिएको वित्त विभागले शुक्रबार जानकारी दिएको छ। डिजेलको मूल्य २१ रुपैया ३१ पैसा बृद्धि भएर १०१ रुपैया २६ पैसा पुगेको विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी मट्टितेलको मूल्य पनि ५९ रुपैयाँ ६ पैसा भएको छ । - एएनआई