१२ असार २०८३, शुक्रबार

मनसुनी वायु सक्रिय : अधिकांश क्षेत्रमा वर्षा, सतर्कता अपनाउन विभागको अपिल

मनसुनी वायु सक्रिय : अधिकांश क्षेत्रमा वर्षा, सतर्कता अपनाउन विभागको अपिल

आइतवार (आज) मुलुकभर सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा  वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले एक बुलेटिन जारी गर्दै आइतवार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको जनाएको हो ।

विभागका अनुसार, आइतवार दिउँसो प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक–दुई स्थानहरूमा भारी वर्षाको संभावना रहेको छ ।

आइतवार राती देशको सबै प्रदेशहरूमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको विभागको भनाइ छ । 

आइतवार राति प्रदेश १, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ । 

यस्तै आइतवार धेरै स्थानहरूमा पानी पर्ने हुँदा नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले भन्दै विभागले आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ ।

मनसुनी वायु सक्रिय

अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले मुलुकभर दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको विभागले जनाएको हो  ।  
 

salt training

कमेन्ट गर्नुहोस्