०३ असार २०८३, बुधबार

चीनसँग तनाव बढिरहेको बेलामा अमेरिकाले प्रशान्त महासागरमा जलसेना अभ्यास गर्ने

असार १४, २०७७
चीनसँग तनाव बढिरहेको बेलामा अमेरिकाले प्रशान्त महासागरमा जलसेना अभ्यास गर्ने

चीनसँग तनाव बढिरहेको बेलामा अमेरिकाले २५ देशहरूसँग मिलेर प्रशान्त महासागरको हवाईमा संसारको सबभन्दा ठूलो जलसेना अभ्यास गर्ने भएको छ । 
 

रिमप्याक नामक यस अभ्यासमा यसपालि चीनलाई निमन्त्रण गरिएको छैन । ताइवानलाई चाहिँ यस युद्धाभ्यासका लागि निमन्त्रण गरिएको छ । 

ताइवानलाई युद्धाभ्यासमा संलग्न गराउँदा चीन क्रुद्ध हुने प्रबल सम्भावना छ । अगस्ट महिनाको १७ देखि ३१ तारिखसम्म हुने अभ्यासमा २५ देशका जलसेनाले पारस्परिक सहयोग र युद्धका नयाँ रणनीति सिक्नेछन् । 

कोरोनाभाइरसका कारण यो अभ्यास सागरमा मात्र गरिने अमेरिकी जलसैनिक फ्लीटका कमान्डरले बताए । फरक फरक देशका सैनिकलाई भौतिक दूरी कायम गराउन यो निर्णय लिइएको हो । यसक्रममा कुनै पनि सेमिनार आयोजना गरिने छैन । 

अमेरिकी कमान्डरले सन् २०१८ मा यस जलसैन्य अभ्यासमा भाग लिने देशलाई पुनः आमन्त्रण गरिएको बताए । 

दक्षिण चीन समुद्र र कोरोनाभाइरसको विषयमा बढिरहेको तनावका कारण चीनलाई यसपालि युद्धाभ्यासका लागि निमन्त्रित नगरिएको हो । सन् २०१८ को रिमप्याकमा चीनलाई निमन्त्रण गरिएको थियो तर पछि अमेरिकाले फिर्ता लियो । 
 

युद्धाभ्यासमा मल्टीनेसनल एन्टी सबमरिन वार, म्यारिटाइम इन्टरसेप्ट अपरेसन, लाइभ फायर ट्रेनिङ इभेन्ट सहित अनेकौं प्रशिक्षण दिइनेछ । प्रशिक्षण कार्यक्रममा भाग लिएका जलसैनिकहरूले पारस्परिक सहयोग बढाउने विषयमा विशेष प्रशिक्षण सत्र आयोजना गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्