
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आइतवार सदरमुकाम परासीमा बिरोध प्रदर्शन गरेको छ ।
सरकार विरोधी विभिन्न नारा लगाउँदै पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसल जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, असुरक्षित क्वारेन्टाइनमा जनतालाई राख्ने गरेको, पीसीआर परीक्षण गर्न नसकेको र विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
कार्यबहाक जिल्ला सभापति अजुर्नकुमार पोखरेलको नेतृत्वमा निस्केको जुलुसपछि आयोजित कोणसभामा संविधानसभा सदस्यद्वय विक्रम खनाल, देवदकरण जयसवाल, महिला नेतृ आरधाना भट्ट, विक्रम यादव, उमेश यादवलगायतले कोरोना संक्रमणका नाउँमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी विभेदकारी नागरिकता विधेयक खारेजीको माग गरेका थिए ।