प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक पर्सी मंगलबार बस्ने भएकाे छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हाे।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ। पदाधिकारी बैठक जारी छ।
आइतबारकाे बैठकमा १४ औं महाधिवेशनका कार्यतालिका हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको हो।