२६ जेठ २०८३, मंगलबार

हिजो दिनभर : मलाई हटाउन होटल र दूतावासमा सक्रियता बढे : प्रम ओली, अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो

हिजो दिनभर : मलाई हटाउन होटल र दूतावासमा सक्रियता बढे : प्रम ओली, अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो

नक्सा छापेर अपराध गर्‍यो भन्दै हटाउन होटल दूतावासमा सक्रियता बढे,तर हट्दिनँ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन एम्बेसी (विदेशी दूतावास) र होटलहरूमा चलखेल बढेको जिकिर गरेका छन् ।​

जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले नेपाली भूमि समेटेर नक्सा छापेबापत आफूलाई हटाउने चलखेल शुरू भएको आरोप लगाएका हुन् ।

'अहिलेको अहिल्यै केपी ओलीलाई नहटाइ हुँदैन, पहिला चीनतिरको ट्रान्सपोर्ट ट्रान्जिट गरेर फर्केपछि सरकार ढलेको थियो । अहिले यस्तो अपराध गर्नेलाई चाहिँ... भनेर भनिएको छ । बाहिर नभन्ने, तर भित्र–भित्र यहाँका होटलहरूमा भइरहेका गतिविधि, एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ,' प्रधानमन्त्री ओलीले भने ।

ओलीले देशको पक्षमा बोल्दा आफूलाई हटाउने निर्णय गरे भोलि अर्को प्रधानमन्त्री पनि बोलेकै भोलिपल्ट बर्खास्त हुने अवस्था आउने बताए ।

 ‘नेपालको यति राष्ट्रियता त्यति कमजोर छैन, नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्छ भने, त्यो नसोचे हुन्छ । कोशिश गर्न सक्छन् । कसैले हतार नगरे पनि हुन्छ । विभिन्न आग्रह नपाले पनि हुन्छ,’ ओलीले भने, ‘मलाई प्रधानमन्त्रीमा बसिराख्ने इच्छा होइन, यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्दैन । बोले भोलिपल्टै बर्खास्त हुन्छ ।’

ओलीले नेपाललाई आफ्नो भूमि चाहिएको र त्यो नलिई नछाड्ने जिकिर गरे ।

‘भूलचुकबाट छापिएको होइन, नक्सा छाप्ने र संविधान संशोधन गर्ने कुरा पोइन्ट अफ नो रिटर्न भयो भनेर भनेका छन्, हामीलाई हाम्रो भूमि चाहियो, नलिई छाडिँदैन । यो पोइन्ट अफ नो रिटर्न नै हो,’ ओलीले भने ।

राजधानीमा आज पनि थपिए कोरोना संक्रमित,थपिएका सय ६३ मध्ये कुन जिल्लाका कति ?

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

आइतवार थपिएकामध्ये सबैभन्दा बढी बाजुराका ९५ र महोत्तरीका ५६ जना छन् ।

काठमाडौं उपत्यकामा पनि थप १ जनामा संक्रमण पुष्टि भएको छ, संक्रमित ललितपुरका हुन् ।

संक्रमितमध्ये ३ हजार १३ जना निको भएर घर फर्किएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या हजार नाघ्यो

नेपालमा अस्पतालबाट डिस्चार्ज हुने कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ३ हजार नाघेको छ ।

आइतवारसम्ममा ३ हजार १३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ७९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले बताए ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या संख्या १२ हजार ७७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप सय ६३ जनामा कोरोना संक्रमण,कुल संख्या १२ हजार ७७२ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये ३ हजार १३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

ओली भन्छन्– मदन भण्डारीकी धर्मपत्नी साइकल चलाउनै जान्नुहुन्न,गाडी चढेको विरोध गर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले साइकल चलाउन नजान्ने राष्ट्रपति कसरी साइकलमा हिँड्ने ? भनी प्रश्न गरेका छन् ।

स्वर्गीय मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मदन भण्डारी साइकलमा हिँडे भन्दैमा उनकी श्रीमती पनि साइकलमै हिँड्नुपर्छ भन्ने नभएको तर्क गएका हुन् ।

'मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो, अहिले उहाँकी श्रीमती गाडीमा हिँड्नुहुन्छ भन्दै आलोचना भएको छ,' ओलीले भने, '१६ करोडको होइन राष्ट्रपति हिँड्ने गाडी बाटोमा जाँदा जाँदै स्टार्ट बन्द हुने गाडी हुनुपर्ने ?'

उनले थपे, 'उहाँको श्रीमती १६ करोडको गाडीमा हिँड्नुहुन्छ भन्ने गरेका छन्, तर नेपालमा १६ करोडको गाडी छ कि छैन ?'

उनले राष्ट्रपति साइकलमा नहिँड्ने बताए ।

'स्वीडेनका राष्ट्रपति हिँड्छन् रे भन्ने सुनेको छु,' उनले भने, 'साइकलमा हिँड्नु शोखको कुरा हो । सधैं उनलाई गाडी नै नभएको त होइन । मदन को धर्मपत्नीले साइकल चलाउन जान्नुहुन्न । अनि साइकलकै चलाउनुपर्छ भन्ने ?'

उनले आलोचना गर्नेहरू त्यो भन्दा ठूलो र राम्रो गाडीमा हिँड्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्