०८ साउन २०८३, शुक्रबार

थप ४ सय ७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो

थप ४ सय ७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

हेर्नुहोस्, कुन जिल्लामा कति थपिए ?
बाजुरा    ९८
डोटी    ६९
दाङ    ५८
अर्घाखाँची    ३८
कैलाली    ३०
पाल्पा    २६
गुल्मी    २०
रौतहट    १८
सप्तरी    १५
बाग्लुङ    १४
पर्वत    १३
तनहुँ    ९
प्युठान    ९
स्याङ्जा    ८
काठमाडौं    ६
धनुषा    ६
गोरखा    ५
रुपन्देही    ५
महोत्तरी    ४
चितवन    ४
बारा    ३
धादिङ    २
कपिलवस्तु    २
डोल्पा    २
कालीकोट    २
ललितपुर    १
भक्तपुर    १
मोरङ    १
पर्सा    १
धनकुटा    १
खोटाङ    १
रोल्पा    १
मकवानपुर    १
काभ्रे    १
रुकुम पश्चिम    १

संक्रमितमध्ये ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय २१ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने २९ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्