३१ जेठ २०८३, आइतबार

बलिउडमा नेपोटिज्‍म छ : हिना

असार १६, २०७७
बलिउडमा नेपोटिज्‍म छ : हिना

 टीभी सिरियल ‘ये रिस्ता क्या कहलाता है’बाट आफ्नो अभिनय करिअर सुरु गरेकी हिना खानले फिल्‍म र वेब सिरिजमा पनि काम गरिरहेकी छन्। हालै हिनाले बलिउडमा ‘नेपोटिज्‍म’माथि चलिरहेको बहसबारे अफ्नो धारणा व्यक्त गरेकी छन्।

उनले भनिन्, ‘स्‍टार किड्सका फिल्‍म फ्लप भए पनि केही फरक पर्दैन तर हाम्रो एउटा मात्रै फिल्‍म फ्लप भयो भने अगाडि बढ्ने मौका नै दिइँदैन।’ हिना छिट्टै वेब फिल्‍म ‘अनलक’मा देखिँदै छिन्। एक अन्तर्वार्तामा उनले भनिन्, ‘जोसुकैले पनि आफ्नो जिन्दगीमा संघर्ष गरेको हुन्छ। यो फरक हो, कसैले धेरै गरेको हुन्छ भने कसैले थोरै। यसका पछाडि कैयौं कारण हुन्छन्। यो जरुरी छैन कि तपाईंलाई मौका नै नमिलेको होस्। धेरै पटक कस्तो पनि हुन्छ भने तपाईंलाई अवसर त प्राप्त हुन्छ तर परफरमेन्स शतप्रतिशत हुँदैन।’

स्‍टार किड्ससँग एकप्रकारको विशेषाधिकार हुने हिनाको अनुभव छ। उनले भनिन्, ‘मैले टेलिभिजनबाट करिअर सुरु गरेँ। फिल्म, वेब सिरिज, सर्ट फिल्म, म्युजिक भिडियोमा काम गरेँ। अहिले डिजिटल फिल्म गरिरहेकी छु। मैले सकेजति मेहनत गरिरहेको छु ता कि मेरो कामको कसैले मूल्यांकन गरोस्। उद्योगमा टिक्न प्रत्येक कलाकारले खुब मेहनत गर्नुपर्छ। राम्रो प्रोजेक्‍ट्स छान्न सक्नुपर्छ, राम्रोभन्दा राम्रो अभिनय देखाउन सक्नुपर्छ; जसबाट तपाईं ठूलो ब्यानर र राम्रो निर्देशकको नजरमा पर्नुहोस्।’

‘नेपोटिज्‍म’बारे हिनाले भनिन्, ‘स्टार किड्स वा उद्योगसँग जोडिएका जो जो कलाकार छन्, उनीहरूलाई विशेषाधिकार प्राप्त छ। उनीहरूसँग १० वटा फिल्म छन् र एउटा पनि चलेन भने पनि केही फरक पर्दैन। तर, मैले कुनै ठूलो फिल्ममा काम गरेँ र त्यो चलेन भने मैले अर्को मौका पाउँदिनँ। स्‍टार किड्स र अन्य कलाकारमा यही फरक छ। स्‍टार किड्सका फिल्‍म चले पनि नचले पनि उनीहरूसँग प्रोजेक्‍टको लाइन हुन्छ। एकपछि अर्को निर्माता निर्देशकले उनीहरूलाई काम दिइरहन्छन्। उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर बारम्बार प्राप्त भइरहन्छ। तर अन्यको हकमा यो अवसर रहँदैन।’  अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्