३० असार २०८३, मंगलबार

थप ३ सय १६ जनामा कोभिड संक्रमण, संक्रमितको कुल संख्या १३ हजार ५६४ पुग्यो

थप ३ सय १६ जनामा कोभिड संक्रमण, संक्रमितको कुल संख्या १३ हजार ५६४ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

नयाँ संक्रमित कुन जिल्लामा कति ?

बाजुरा    ५१
डोटी    ३०
महोत्तरी    २९
अछाम    २८
सप्तरी    २५
दाङ    २१
पाल्पा    १८
काठमाडौं    १२
सिरहा    १०
कास्की    ९
रुकुम पश्चिम    ८
सर्लाही    ८
अर्घाखाँची    ७
रौतहट    ७
तनहुँ    ६
कैलाली    ५
झापा    ५
स्याङ्जा    ४
बैतडी    ४
दैलेख    ३
संखुवासभा    ३
धनुषा    ३
डडेल्धुरा    ३
लमजुङ    ३
सिन्धुपाल्चोक    २
सल्यान    २
उदयपुर    २
सुनसरी    २
ललितपुर    १
भक्तपुर    १
गुल्मी    १
गोरखा    १
बाग्लुङ    १
म्याग्दी    १
बाँके    १

संक्रमितमध्ये ३ हजार १ सय ९४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्