०४ असार २०८३, बिहीबार

कोरोनाविरुद्ध लड्न एडीबीबाट ३६ करोड अनुदान

असार १७, २०७७
कोरोनाविरुद्ध लड्न एडीबीबाट ३६ करोड अनुदान

एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

एडीबीले एसिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई अनुदान रकम उपलब्ध गराउने स्वीकृति मंगलवार राति गरेको यहाँस्थित बैंकको देशीय कार्यालयले जनाएको छ ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको रकम सीमा क्षेत्रस्थित क्वारेन्टीनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं संक्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।

यसअघि पनि एडीबीले ३ करोड ६० लाख रुपैयाँ स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिएकाहरूलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्