०७ साउन २०८३, बिहीबार

कश्मीरमा भएको भिडन्तमा ३ वर्षीय बालकको कारुणिक तस्वीर सार्वजनिक (भिडियो)

असार १७, २०७७
कश्मीरमा भएको भिडन्तमा ३ वर्षीय बालकको कारुणिक तस्वीर सार्वजनिक (भिडियो)

कश्मीरमा बुधवार बिहान सुरक्षाकर्मी र आतंकवादीहरूका बीच भएको भिडन्तमा तीन वर्षीय एक बालक आफ्ना मृत हजुरबुवाको शवमाथि बसेको कारुणिक तस्वीर सार्वजनिक भएको छ । 

भिडन्त भइरहँदा बीचमा फसेर ती ६० वर्षीय हजुरबुवाको मृत्यु भएको हो । 
 

सोपोरमा आतंकवादीहरूले गोली चलाएपछि सुरक्षाकर्मीहरूले जवाफी फायरिङ गरे । त्यतिखेरै हजुरबुवा र नाति त्यही बाटो भएर गइरहेका थिए । हजुरबुवालाई दुई गोली लाग्यो र उनी घटनास्थलमै मारिए । रनभुल्ल परेका नाति रक्तरञ्जित हजुरबुवाको शरीरमाथि बसेर रोइरहेका देखिन्थे । 

घटनास्थलमा प्रहरी पुग्यो अनि बालकलाई सुरक्षित स्थानमा लग्यो । बालक आफ्ना हजुरबुवाको शरीरमाथि बसेर ग्वाँग्वाँ रोए । एक प्रहरी अधिकृतले उनलाई बोके अनि भिडन्त भएको स्थानबाट अन्तै लगे । 

तस्वीरमा बालकले सडकमा लडेका हजुरबुवालाई उठाउन खोजेको कारुणिक दृश्य देखिन्छ । अर्को तस्वीरमा एकजना सैनिकले एउटा संरचनापछाडि लुकेर बालकलाई सुरक्षित स्थानतिर आउन भनेको र बालक हजुरबुवाको शव छोडेर हिँडेको देखिन्छ । 

उक्त भिडन्तमा ती सर्वसाधारण सहित सीआरपीएफका एक अधिकृतको मृत्यु भएको छ भने एक जवान घाइते भएका छन् । घटना बारामुल्ला जिल्लाको सोपोर शहरमा भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्