इरानको राजधानी तेहरानको उत्तरतिर रहेको एक मेडिकल क्लिनिकमा मंगलवार विस्फोट हुँदा १९ जना मारिएका छन् भने ६ जना घाइते भएको सरकारी समाचार संस्था इरिबले लेखेको छ ।
ग्यास चुहिएका कारण विस्फोट भएको तेहरानका डेपुटी गभर्नर हमिद रेजा गोउदार्जीले बताए ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा घटनास्थलमा अनेकौं विस्फोट भएको सुनिएको थियो ।
विस्फोट हुँदा क्लिनिकमा २५ जना कर्मचारी रहेको बताइएको छ । क्लिनिकले सामान्य सर्जरी र मेडिकल इमेजिङ गर्छ ।
अघिल्लो साता तेहरान नजिक रहेको संवेदनशील सैन्य थलोमा विस्फोट भएको थियो । रक्षा मन्त्रालयले ग्यास भण्डारमा ट्यांक चुहिएकाले विस्फोट भएको जनाएको थियो । त्यसमा कसैको मृत्यु वा घाइते भएको खबर थिएन ।