०२ साउन २०८३, शनिबार

ललितपुरस्थित होटेलमा प्रचण्ड-नेपाल समूहको बैठक, भोलिका लागि रणनीति तय गरिने

ललितपुरस्थित होटेलमा प्रचण्ड-नेपाल समूहको बैठक, भोलिका लागि रणनीति तय गरिने
फाइल फोटो।

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे आन्तरिक किचलाे छताछुल्ल भएका बेला नेताहरु समूहगत छलफलमा लागेका छन्।

बुधबार दास्राे दिन बसेकाे नेकपा स्थायी कमिटी बैठक केही नेताहरुले बाेलेपछि स्थगित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन्।

ललितपुरकाे झम्सीखेलस्थित एक हाेटलमा भइरहेकाे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवम गृहमन्त्री रामबहादुर थापा (बादल) रहेका छन्।

 छलफलमा प्रचण्ड र नेपाल समूहका केही स्थायी समिति सदस्य पनि सहभागी छन् । छलफलले भाेलि बस्ने स्थायी कमिटी बैठककाे रणनीति तय गर्नेछ।

प्रधानमन्त्री ओलीले  बुधबार बिहान मात्रै बालुवाटारमा आफ्नो समूहको भेला गराएका थिए।

स्थायी कमिटी बैठकमा नेताहरुले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीकाे राजीनामा मागेपछि नेकपामा गम्भीर माेडमा पुगेकाे अनुमान गरिएकाे छ। प्रम ओलीले नै आफूलाई पदबाट हटाउन चलखेल भएकाे भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाकाे विवाद छताछुल्ल भएकाे थियाे।

salt training

कमेन्ट गर्नुहोस्