
नेपाली सेनाले दुई सैनिक अधिकृतलाई बरखास्त गरेको छ।
सैनिक अदालतले बुधबार आचरण विपरीत गतिविधि गरेको अभियोगमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको जनाएको हो।
जंगीअड्डाका अनुसार उनीहरुले माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानाजान पालना नगरी अवज्ञा सम्बन्धी कसुर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको सैनिक अदालतले ठहर गरेको छ।
बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट हालै वार कलेज सकेर फर्किएका थिए, भने महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए।