३२ असार २०८३, बिहीबार

स्थायी कमिटी बैठक रोकेर ओली–प्रचण्ड छलफलमा

स्थायी कमिटी बैठक रोकेर ओली–प्रचण्ड छलफलमा
फाइल फोटो

बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक रोकेर अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरू भएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल चलिरहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

बैठकका लागि बालुवाटार पुगेका नेताहरू स्थायी कमिटी बैठक शुरू हुने/नहुने अन्योलमा छन् ।

मंगलवारको बैठकमा प्रचण्ड लगायतका नेताले ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । 

यसबीचमा संसद् अधिवेशन अन्त्य गराएर प्रधानमन्त्री ओलीले केही समयअघि फिर्ता लिएको पार्टी विभाजनसम्बन्धी अध्यादेश पुनः ल्याउनका लागि बाटो खुला गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्