
प्रधानमन्त्री केपी शर्मा ओली अनशनरत युवाहरुको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका छन्।
सरकार कोरोना भाइरस रोकथामका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै इनफ इज इनफका युवाहरु अनशनमा बसेकोमा स्वास्थ्य अवस्थामा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।
अनशनरत युवाहरुलाई भेटेर प्रम ओलीले कोरोना नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।
बुधबार मात्र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई अनशनरत युवाहरुको स्वास्थ्य अवस्था बुझ्न बुधबार पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर पुगेका थिए। 