२७ जेठ २०८३, बुधबार

गगन थापाकाे टिप्पणी- राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!

गगन थापाकाे टिप्पणी- राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!
फाइल फोटो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला कदमप्रति असन्तुष्टि जनाएका छन्।

थापाले बिहीबार साँझ माइक्रोब्लग ट्वीटरमा राष्ट्रपति व्यक्ति नभइ संस्था रहेको भन्दै स्मरण गराएका छन्।

मन्त्रिपरिषद्को प्रस्तावमा राष्ट्रपतिले बिहीबार संसद अधिवेशन अन्त्य गरेकी थिइन्।

सरकारले सभामुख र प्रतिपक्षी दलसँग समन्वय नै नगरी एकतर्फी रुपमा स‌ंसद अधिवेशन अन्त्य गरेको र त्यसमा राष्ट्रपतिको भूमिका जिम्मेवारपूर्ण नरहेको भन्दै आलोचना भइरहेका बेला थापाले यस्तो टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो,संविधान र संस्थाको मर्यादाको खिलाफमा हो,गणतन्त्रकै अवमूल्यन हो।'

उनले भनेका छन् 'राष्ट्रपतिज्यू,राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला !'

 

salt training

कमेन्ट गर्नुहोस्