१३ असार २०८३, शनिबार

काठमाडाैँमा काेराेनाकाे जाेखिम बढ्याे, एकैदिन ३२ जनामा संक्रमण पुष्टि

काठमाडाैँमा काेराेनाकाे जाेखिम बढ्याे, एकैदिन  ३२ जनामा संक्रमण पुष्टि
फाइल फोटो।

काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २८, भक्तपुरमा दुई र ललितपुरमा दुई गरी ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। 

 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै भक्तपुरका दुई पुरुष र ललितपुरका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्