काठमाडौं, १७ बैशाख – अभिनेत्री नन्दिता केसी अमेरिका बस्न थालेको लामो समय भइसक्यो । नेपालमा हुँदा पनि यी नायिकाको राम्रै चर्चा चलिरहेको हुन्थ्यो । यतिबेला अमेरिकामा बस्दै आएकी यी नायिकाले एक युट्युव च्यानलमा अन्तर्वार्ता दिँदै अमेरिकामा रुखमा पैसा नफल्ने बताएकी छिन् ।

‘नेपालमा हुँदा अमेरिकामा के के हुन्छ जस्तो लागेको थियो, तर अमेरिका आएर समयको महत्व बुझ्ने मौका पाएँ ।’, उनले भनेकी छिन् ।
साथै उनले आफूले बिहे गर्न चाहेको तर भनेजस्तो केटा आफूले नपाएर बिहे नगरेको पनि बताएकी छिन् । यतिबेला उनी अमेरिकामै बसेर चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ र अन्य केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।