
काठमाडौं, १७ वैशाख — प्रसिद्ध स्विस पर्वतारोही उएली स्टेकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको आरोहण सञ्चालकहरूले जानकारी दिएका छन् ।

सेभेन सम्मिट ट्रेक्सका मिङ्मा शेर्पाले स्टेक आइतवार हिान सगरमाथाको दोस्रो आधारशिविरमा दुर्घटनामा परेका थिए ।
उनको शरीर नुप्त्से फेसबाट निकालेर लुक्ला विमानस्थल पु–याइएको बताइएको छ ।
स्टेकको कसरी मृत्यु भयो भन्ने विषय प्रस्ट हुन सकेन तर उनी सगरमाथापछि नजिकै रहेको ल्होत्से पनि अर्को महिना आरोहण गर्ने योजना बनाइरहेका थिए ।
चालीस वर्षीय स्टेक आफ्नो पुस्ताका सबैभन्दा प्रसिद्ध पर्वतारोही थिए ।
यस सिजनमा सगरमाथामा मृत्युको यो पहिलो घटना हो ।
द डेली मेलबाट