२७ जेठ २०८३, बुधबार

सवारी पासबिना यात्रु ओसार्ने दुई पक्राउ

असार २२, २०७७
सवारी पासबिना यात्रु ओसार्ने दुई पक्राउ
फाइल फोटो।

नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो। 

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग २५ हजार तथा तामाङले तीन यात्रुसँग ३० हजार पाउने सर्तमा काठमाडौँ आएको बताएको छ । पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्