१९ असार २०८३, शुक्रबार

लकडाउन अवधिको व्याजदरमा छुट दिन उद्योगीको माग

असार २४, २०७७
लकडाउन अवधिको व्याजदरमा छुट दिन उद्योगीको माग

लामो लकडाउनले औद्यौगिक क्षेत्र धरासायी बनेको भन्दै उद्योगीहरूले बैंकको व्याजमा छुट दिन माग गरेका छन् ।

साढे ३ महिनादेखिको लकडाउनले केही उद्योग अझै बन्द अवस्थामा रहेका छन् ।

सञ्चालनमा आएका उद्योगहरू पनि मजदुर अभावले पूर्ण क्षमतामा चल्न नसक्दा हुँदै बैंकको व्याजमा छुट र किस्तामा पुर्नताजगी गर्न आग्रह गरेका हुन् । 

रूपन्देही उद्योग संघले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरी उद्योगीहरूले कर, बैंक व्याज किस्ता तथा कर्जा रकम एकैपटक तिर्न सक्ने अवस्था नभएकाले यसको अवधि लम्बाउन आग्रह गरेको हो । 
संघका अध्यक्ष बाबुराम बोहोराले तहसनहस भएको औद्योागिक क्षेत्रलाई बचाउन बैंकमा उद्योगीले बुझाउनुपर्ने व्याज, कर्जाको किस्ता र तिर्ने समयअवधि बढाइदिन आग्रह गरे । बोहोरा थला परको उद्योग उद्योगीहरुले बैंक तथा वितीय संस्थाबाट लिएको कर्जाको लकडाउन अवधिभरको व्याजदरमा ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने बताए । 

उनले भने, ‘उद्योगीहरूले पटक–पटक राहत प्याकेज लागि सरकारसँग आग्रह गर्दै आइरहँदा पनि कुनै माग सम्बोधन भएनन् । राज्यले घोषणा गरेका छुटका स्किमहरू पनि कार्यान्वन भएनन् । यस्तो अवस्थामा व्यवसायीहरू धरासायी बन्दै छन् ।’ 

सरकारले बजेटमा घोषणा विद्युत्को डिमाण्ड शुल्क छुट दिने बताए पनि विद्युत् महसूल तिर्न जाँदा उद्योगीहरूले रकम छुट नपाएको बताएका छन् । रुपन्देहीमा १ हजार २०० उद्योगी छन् । काठमाडौंपछि सबैभन्दा बढी उद्योगधन्दा भएको जिल्ला रुपन्देही पर्छ । 

salt training

कमेन्ट गर्नुहोस्