२७ जेठ २०८३, बुधबार

भारतमा माध्यमिक तहको पाठ्यक्रमबाट हटाइयो नेपाल लगायत छिमेकीसँगको सम्बन्धको अध्याय

असार २४, २०७७
भारतमा माध्यमिक तहको पाठ्यक्रमबाट हटाइयो नेपाल लगायत छिमेकीसँगको सम्बन्धको अध्याय

भारतको माध्यमिक तहको परीक्षा बोर्ड सीबीएसईले विद्यालयको पाठ्यक्रमबाट लोकतान्त्रिक अधिकार, खाद्य सुरक्षा, संघीयता, नागरिकता, धर्मनिरपेक्षता लगायतका पाठहरू हटाएको छ । कोरोनाभाइरस संकट चलिरहँदा विद्यार्थीहरूको बोझ कम गर्न यी पाठहरू हटाइएको हो ।
 

सीबीएसईले मंगलवार यस विषयको घोषणा गर्दै सन् २०२०–२१ को पाठ्यक्रम एकतिहाइले घटाउने किनकि अहिले कोरोना महाव्याधिका कारण असाधारण परिस्थिति बनेको जानकारी दियो । 

बोर्डले कक्षा ९ देखि १२ सम्मका अर्थशास्त्र र राजनीतिशास्त्रका पाठ्यक्रमलाई पुनरवलोकन गरेको हो । 

कक्षा ११ को राजनीतिशास्त्रबाट संघीयता, नागरिकता, राष्ट्रवाद र धर्मनिरपेक्षता पूरै हटाइएको हो । 

स्थानीय सरकार अध्यायबाट दुईवटा एकाइ मात्र हटाइएको छ । 

भारतको विदेशनीति अन्तर्गत छिमेकी पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारसँगको सम्बन्धका विषयमा एक अध्याय पूरै हटाइएको छ । 

एनडीटीभीबाट
 

salt training

कमेन्ट गर्नुहोस्