
पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच अहिले वार्ता हुँदैछ ।
राजधानीमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर ओली–प्रचण्डबीच चार दिनदेखि लगातार वार्ता भइरहेको छ ।
आइतवार, सोमवार र मंगलवार भएका वार्ता सकारात्मक रहेको र विषयकेन्द्रित छलफल भइरहेको नेताका सहयोगीहरूले जनाएका छन् ।
ओली-प्रचण्डबीच मंगलवार, सोमवार र आइतवार पनि छलफल भएको थियो ।
ओली–प्रचण्ड वार्ता हुने भएपछि बुधवार बिहानका लागि बोलाइएको स्थायी कमिटी बैठक शुक्रवारसम्मका लागि सारिएको छ ।
असार १० गतेदेखि शुरू भएको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको छ ।