०३ असार २०८३, बुधबार
नेकपा विवाद

बालुवाटारबाट निस्किए प्रचण्ड, ओलीसँगको वार्ता सकारात्मक

बालुवाटारबाट निस्किए प्रचण्ड, ओलीसँगको वार्ता सकारात्मक

पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट निस्किएका छन्।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्ड ओलीसँग वार्ता गरेर साँझ मात्र फर्किएका हुन्।

राजधानीमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर ओली–प्रचण्डबीच चार दिनदेखि लगातार वार्ता भइरहेको छ।

बुधबारको वार्ता पनि सकारात्मक रहेको र विषय केन्द्रित छलफल भइरहेको नेताका सहयोगीहरूले जनाएका छन् ।

ओली-प्रचण्डबीच गत आइतबारबाट हरेक दिन वार्ता भइरहेको छ।

ओली–प्रचण्ड वार्ता हुने भएपछि बुधबार बिहानका लागि बोलाइएको स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि सारिएको छ।

असार १० गतेदेखि शुरू भएको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्