०७ असार २०८३, आइतबार

नुवाकाेटमा बन्दुकसहित दुई पक्राउ

असार २४, २०७७
नुवाकाेटमा बन्दुकसहित दुई पक्राउ

नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई आज तिनका आफ्नै घरबाट पक्राउ गरिएको  प्रहरीले जनाएको छ। 

सानुबाबुका घरमा लुकाएर राखिएको बन्दूकसहित उनीहरुलाई पक्राउ गरिल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए। अभियुक्तहरुलाई हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्