२८ जेठ २०८३, बिहीबार

सेनाले गर्यो सुरक्षा सतर्कता अपनाउने निर्णय

कात्तिक २०, २०७४
सेनाले गर्यो सुरक्षा सतर्कता अपनाउने निर्णय

काठमाडौँ, १८ वैशाख– नेपाली सेनाले देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा गएराति बसेको पिएस ओजको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको समीक्षापछि सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको नजिकिँदो मिति र सहमतिको निर्माण गर्न राजनीतिक दलबीच भइरहेको प्रयास बारे बैठकमा समीक्षा गरिएको थियो ।

प्रधानन्यायाधीशविरुद्ध आकस्मिकरुपमा संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामालगायत देशमा हाल विकसित घटनाक्रमको समीक्षा गर्न बसेको सेनाको उच्चस्तरको बैठकमा मुलुकको समग्र सुरक्षा चुनौतीको विश्लेषण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्