३० जेठ २०८३, शनिबार

अमेरिकापछि बेलायतलाई उत्तर कोरियाको चेतावनी - बदला लिन्छौं !

अमेरिकापछि बेलायतलाई उत्तर कोरियाको चेतावनी - बदला लिन्छौं !

उत्तर कोरीयाले बेलायतले लगाएको आर्थिक प्रतिबन्धको बदला लिने चेतावनी दिएको छ ।

बेलायतले उत्तर कोरियामाथि केही दिनअघि पहिलो आर्थिक प्रतिबन्ध लगाएको थियो ।

आधिकारिक कोरियन केन्द्रीय समाचार एजेन्सीका अनुसार उत्तर कोरियाका विदेश प्रवक्ताले बेलायतले परिस्थितिलाई उत्तेजित बनाएको आरोप लगाएका छन् ।

‘बेलायतको पछिल्लो कदमले अमेरिका जस्तै बेलायत पनि कूटनीतिक षड्यन्त्रको शिकार भएको प्रष्ट भएको छ,’ प्रवक्ताले भने, ‘हामीले बेलायतले हामीमाथि लगाएको आर्थिक प्रतिबन्धको कडा शब्दमा निन्दा गर्छौं ।’

बेलायतले गत सोमवार उत्तर कोरियाका विरुद्धमा आर्थिक प्रतिबन्ध लगाएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्