२४ जेठ २०८३, आइतबार

जँड्याहा लोग्ने तह लगाउन दुलहीलाई काठको मुंग्रो उपहार

कात्तिक २०, २०७४
जँड्याहा लोग्ने तह लगाउन दुलहीलाई काठको मुंग्रो उपहार

काठमाडौं, १८ वैशाख — भारतमा भएको एक सामूहिक विवाहमा सयौं दुलहीहरूलाई काठको मुंग्रो दिएर उनीहरूको श्रीमानले दुर्व्यवहार गरेमा हिर्काउन आग्रह गरिएको छ ।


मुंग्रोमा ‘जँड्याहाविरुद्ध प्रयोग गर्ने’ भन्ने सन्देश कुँदिएको छ । लुगा धुन परम्परागत रूपमा प्रयोग गरिने मुंग्रो करीब १५ इन्च मोटो छ ।

मध्य प्रदेशका राज्यमन्त्री गोपाल भार्गवले घरेलु हिंसाको विषय उठाउनका लागि यसो गरेको बताए ।

श्रीमानहरूविरुद्ध मुंग्रो प्रयोग गर्नुअघि राम्ररी सम्झाउन बुझाउन समेत उनले आग्रह गरे ।

तर लोग्नेले सुन्दै नसुनेमा मुंग्रोले हिर्काएर तह लगाउन उनले भने ।

भार्गवले मुंग्रो लिएका दुलहीको फोटो आफ्नो फेसबूक पेजमा राखेका छन् ।

जँड्याहा लोग्नेबाट प्रताडित ग्रामीण महिलाको संख्या बढ्दै गएपछि आफूलाई चिन्ता लागेको उनले एएफपी समाचार संस्थालाई बताए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्