
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाढी र पहिरोका कारण प्रभावित भएकाहरूको उद्धार तथा राहतमा जुट्न आह्वान गरेका छन् ।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै आफ्ना कार्यकर्ता तथा नेताहरूलाई उनले पीडितको उद्धार तथा राहतमा होमिन आह्वान गरेका हुन् ।
उनले लेखेका छन्, 'अविरल वर्षाले देशका बिभिन्न जिल्लाहरू डुबानमा छन। जनधनको क्षति भइरहेको छ। मानिसहरूको मृत्यु भइरहेको छ,केही घाइते छन र कैयौं बेपत्ता छन्। विपदको समयमा कांग्रेस पार्टीका जिल्ला,क्षेत्र,नगर र गाउँका साथीहरूलाई आफू सुरक्षित हुँदै प्रभावित स्थानहरुमा उद्धार तथा राहतमा जुट्न आग्रह गर्दछु।'
अविरल बर्षाले देशका बिभिन्न जिल्लाहरू डुवानमा छन।जनधनको क्षति भइरहेको छ।मानिसहरूको मृत्यु भइरहेको छ,केही घाईते छन र कैयौं बेपत्ता छन्।बिपदको समयमा कांग्रेस पार्टीका जिल्ला,क्षेत्र,नगर र गाउॅका साथीहरूलाई आफू सुरक्षित हुॅदै प्रभावित स्थानहरुमा उद्धार तथा राहतमा जुट्न आग्रह गर्दछु।
— Dr Shekhar Koirala (@Shekharnc) July 12, 2020