२५ असार २०८३, बिहीबार

रणवीर–दीपिका गोप्य रूपमा छुट्टी मनाउँदै

कात्तिक २०, २०७४
रणवीर–दीपिका गोप्य रूपमा छुट्टी मनाउँदै
काठमाडौं, ८ पुस – रणवीर कपूर र दीपिका पादुकोणको रोमान्स चरमचुलीमा छ । सञ्जय लीला भन्सालीको चलचित्र ‘गोलियों का रासलीला...रामलीला’ को शूटिङका दौरान डेटिङ गर्न थालेका यी दुईको सम्बन्धमा उतारचढाव आइरहेको छ ।


अझ यसै वर्षको शुरुमा उनीहरूले सम्बन्ध टुटेको संकेत दिएका थिए । तर त्यो झुटो थियो । उनीहरू बाक्लै गरी भेटघाट गरिरहेका छन् ।

यसैबीच दीपिकाका बुवा प्रकाश पादुकोणले रणवीरसँग छोरीको बिहे भएमा आफूलाई कुनै आपत्ति नहुने बताएका छन् ।

अंग्रेजी नयाँ वर्षका बेलामा रणवीर र दीपिका एउटा गोप्य ठाउँमा गएर बिदा मनाउने तर्खर गरिरहेका छन् । अहिले ‘पद्मावती’मा काम गरिरहेका दुवैले दुई दिनअघि पहिलो सेड्युल सकेका छन् । दोस्रो सेड्युल पुस १९ गतेबाट शुरु हुँदैछ । यहीबीचको अवधिमा उनीहरू छुट्टी मनाउन लागेका हुन् ।

बलिउड लाइफ

salt training

कमेन्ट गर्नुहोस्