
काठमाडौं १८ वैशाख–संघीय समाजवादी फोरम नेपालको चुनाव चिह्नवाट चुनाव लडने निर्णय गरेको नयाँ शक्ति पार्टी, नेपालले सोमवार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।
दिउसो ३ बजे काठमाडौंको नयाँ वानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय निर्वाचनमा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागिएको नयाँ शक्ति पार्टीले जनाएको छ ।
संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव समेतको उपस्थितीमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेका उनका सहयोगीहरुले जानकारी दिए ।