२९ जेठ २०८३, शुक्रबार

बाढीपहिराेका घटना बढेपछि सभामुखले भने- सरकारले विशेष अभियान सञ्चालन गराेस्

बाढीपहिराेका घटना बढेपछि सभामुखले भने- सरकारले विशेष अभियान सञ्चालन गराेस्
फाइल फोटो।

सभामुख अग्निप्रसाद सापकाेटाले बाढीपहिराेमा बेपत्ता भएकाकाे खाेजी तथा पीडितकाे उद्धारका लागि विशेष अभियान सञ्चालन सरकारलाई सुझाव दिएका छन्।

बाढीपहिराेका कारण मुलुकभर ८८ जनाले ज्यान गुमाइसकेका छन् भने कयाैँ बेपत्ता छन्।

सभामुख सापकाेटाले आइतबार साँझ विज्ञप्ति जारी गरेर मनसुन सक्रिय भएर वर्षाकाे क्रम जारी रहेकाले जाेखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन भनेका हुन्।

उनले विपदबाट जाेगिन सावधानीका उपाय अबलम्बन गर्न र स्राेतसाधनकाे परिचालन गर्न पनि सरकारलाई सुझाव दिएका छन्।

 

salt training

कमेन्ट गर्नुहोस्