२४ असार २०८३, बुधबार

बाढीपहिरोमा एकैदिन ९ जनाको मृत्यु, ३९ बेपत्ता

बाढीपहिरोमा एकैदिन ९ जनाको मृत्यु, ३९ बेपत्ता
फाइल फोटो।

नेपालमा बाढीपहिरोका कारण आइतबार मात्र ९ जनाको ज्यान गएको छ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको विवरण अनुसार शनिबार मुलुकका ८ जिल्लामा बाढीपहिरोका घटना भएका छन्। जसमध्ये म्याग्दीमा पहिरोमा परी ७ जनाको मृत्यु भएको छ।

केही दिन अघिको पहिरोमा परी बेपत्ता भएकहरुको शव फेला परेको हो। म्याग्दीमा अझै ४ जना बेपत्ता छन्, मृतकको संख्या २७ पुगेको छ।

सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी बेपत्ता भएका २० जनाको अवस्था अझै अज्ञात छ। त्यहाँ दुई जनाको मृत्यु भएकोमा आइतबार थप एक जनाको शव फेला परेको हो।  

शंखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्। तीन जनाको उद्धार गरी अस्पताल पठाइएको छ। पहिरोमा परी घाइते भएकाको उद्धार गर्न खटिएका प्रशान्त राईको ज्यान गएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्