
अमेरिकी युद्धपोत यूएसएस बोनहोम रिचर्डमा आगलागी भएको छ । सान डिएगोमा रहेको जलसेना अड्डामा आगो लागेको हो ।
घटनाको भिडियो फूटेजमा जहाजको डेकमुनिबाट धूवाँको बाक्लो मुश्लो उठेको देखिन्छ । विस्फोट भएको अनि जहाजका कर्मचारी घाइते भएको पुष्टि भएको छ ।
आगो निभाउनका लागि अनेकौं दमकल पुगेका छन् अनि एम्बुलेन्सहरू पनि घटनास्थलमा देखिन्छन् ।
‘सत्रजना जहाज कर्मचारी र चारजना सर्वसाधारणलाई चोटपटक लागेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ अमेरिकाको जलसेना बलले ट्वीट गरेर जानकारी दिएको छ ।
अधिकारीहरूले सबै कर्मचारीलाई जहाजबाट सुरक्षित निकालिएको बताए ।
के कारणले आगो लागेको भन्ने स्पष्ट भइसकेको छैन । स्थानीय अग्निनियन्त्रण विभागले आगो लाग्दै जाँदा कम्तीमा एक विस्फोट भएको जनाएको छ ।
3RD Alarm fire on USS Bonhomme Richard (LHD-6) at Naval Base San Diego.
— Gregg Favre (@GreggFavre) July 12, 2020
SDFD & Federal Fire have unified command for what sounds like a below deck fire, possibly in a hanger bay
Initial reports of an explosion & injuries.
As both a fireman & a sailor, thoughts with all aboard. pic.twitter.com/eDnLBYZ2SA
यूएसएस बोनहोम रिचर्ड अमेरिकासँग भएको नौवटा विशाल युद्धपोतमध्ये एक हो । यसमा अनेकौं हेलिकप्टर, रोटरी विमान र भीटीओएल जेटहरू राख्न सकिन्छ । वर्षौंसम्म जापानमा रहेको यो जहाज सन् २०१८ मा मर्मतसम्भारका लागि सान डिएगो ल्याइएको थियो ।