२४ असार २०८३, बुधबार

साउदी अरबबाट भारत आइरहेको विमान बेस्सरी हल्लिँदा यात्रुहरूको चिच्याहट (भिडियो)

असार २९, २०७७
साउदी अरबबाट भारत आइरहेको विमान बेस्सरी हल्लिँदा यात्रुहरूको चिच्याहट (भिडियो)

साउदी अरबको रियादबाट इन्डिगो विमान जम्मु कश्मीरको श्रीनगरमा अवतरण गर्नै लाग्दा बेस्सरी हल्लिएपछि यात्रुहरू तर्सेका छन् । 

विमानभित्र खिचिएको भिडियोमा घटनाका कारण सबैजना आत्तिएको र हल्लाखल्ला गरेको देखिन्छ । विमान हल्लिएर सुइयँ तल आउँदा मानिसहरू चिच्याउने र रुने गरेको देखिन्छ । 

तर्सिएका यात्रुहरूले हल्लिरहेका सीटमा च्याप्प समातेको अनि रुँदै ईश्वरसँग प्रार्थना गरेको देखिन्छ । विमानका कर्मचारीहरूले घोषणा गरेको पनि सुनिन्छ । 
 

इन्डिगोको फ्लाइट ६ई९८२२ मा घटना भएको हो । 

विमान खतरनाक तरिकाले हल्लिएकाले यात्रुहरू तर्सिएको एक यात्रुले पछि बताए । वृद्धवृद्धाहरूको सीटबेल्ट बाँधिएको भए पनि सन्तुलन गुमाएको उनको भनाइ छ । 

विमान सुरक्षित रूपमा श्रीनगर विमानस्थलमा अवतरण गर्न सफल भएको थियो । विमानले भुइँ टेकेपछि यात्रुहरूले खुशी हुँदै भगवानलाई धन्यवाद दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्