०७ साउन २०८३, बिहीबार

म्यानचेस्टर सिटीमाथि लगाइएको प्रतिबन्ध उल्टियो, जरिवाना १० मिलियनमा घट्यो

म्यानचेस्टर सिटीमाथि लगाइएको प्रतिबन्ध उल्टियो, जरिवाना १० मिलियनमा घट्यो

बेलायतको फूटबल क्लब म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लीगमा आगामी दुई सीजन प्रतिबन्ध लगाउने युरोपेली फूटबल संघ (यूईएफए) को निर्णयलाई खेलकुद अदालतले उल्ट्याइदिएको छ ।

फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा यूईएफएले सिटीलाई युरोपोली प्रतिस्पर्धाबाट २ वर्षको प्रतिबन्ध र २५ मिलियन पाउण्ड जरिवाना लगाउने निर्णय गरेको थियो ।

कोर्ट अफ आरबाइट्रेसन फर स्पोर्टले सोमवार सिटी र यूईएफएबीचको विवादमा निर्णय दिएको हो । 

अदालतले सन् २०२० को फेब्रुअरी १४ मा एड्जुडिकेटरी चेम्बर अफ द सीएफसीबीको निर्णयलाई उल्ट्याएर प्रतिबन्धको साटो १० मिलियन युरो तिर्नुपर्ने निर्णय गरेको हो ।

निर्णयको ३० दिनभित्र क्लबले जरिवाना तिर्नुपर्ने हुन्छ । 

क्लबले क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्ले रेगुलेसनको धारा ५६ को उल्लंघन गरेको ठहर अदालतले गरेको छ । 

यो निर्णय आएसँगै अब सिटीले च्याम्यिन्स लीगको आगामी सीजनमा सहभागी हुन पाउने भएको छ ।

क्लबले च्याम्पियन्स लीग खेल्न नपाएको भए ठूला खेलाडीले क्लब छोड्ने जोखिम थियो ।

कमेन्ट गर्नुहोस्