
कोरोनाभाइरस (कोभिड- १९) संक्रमित भएर अस्पताल भर्ना भएकामध्ये थप १ हजार ७ सय ५ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत निको भएर डिस्चार्ज भएको जानकारी प्रवक्ता गौतमले बताए ।
संक्रमितको कुल संख्या भने १६ हजार ९ सय ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।