३१ जेठ २०८३, आइतबार

किशोरीको अश्लील भिडियो बनाएर वेबसाइटमा राख्ने पक्राउ

किशोरीको अश्लील भिडियो बनाएर वेबसाइटमा राख्ने पक्राउ

किशोरीको अश्लील भिडियो बनाएर पोर्न साइटमा अपलोड गर्ने एक जनालाई नेपाल प्रहरीको साइबर ब्य्ूरोले पक्राउ गरेको छ।

चितवनकी १७ वर्षीया बालिकाको अश्लील भिडियो बनाई वेबसाइटमा राखेको आरोपमा प्रहरीले काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालका अनुसार पीडितको उजुरीको अनुसन्धान गर्दै जाँदा श्रेष्ठ पक्राउ परेका हुन्।

 अभियुक्त श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्यूरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्